उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने

110

काठमाडौं । उपत्यकाकाे तीन जिल्लामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले गत १६ गतदेखि निषेधाज्ञा घोषणा गरेका थिए ।

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएकाले थप एक साता अर्थात बैशाख २९ गतेसम्म निषेघाज्ञा गर्ने उपत्यकाका काठमाडौं , भक्तपुर,  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको छ ।

यो सँगै काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेघाज्ञा थपिएको छ । हाल उपत्यकामा विहान सात बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्यक समाग्रीको पसल खोल्न दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here