चीनबाट २० हजार तत्काल ल्याइने

68

काठमाडौं/कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भए पछि अन्यमुलुकबाट सिलिण्डर खरिद प्रकृया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे पछि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम अघि बढाएको छ ।

संक्रमितको ग्राफ दैनिक जसो बढ्दो क्रममा रहेपछि अक्सिजन सिलिण्डर अभाव हुन नदिन भन्दै मन्त्रालयले सोमबारनै चिनियाँ दुतावासलाई सिलिण्डरमा हुनुपर्ने विवरण र भल्व लागयतका बनावटको बारे जानकारी गराई सकेको मन्त्रालयका प्रवक्ता  प्रा.डा.जागेश्वर गौतमले जनाए। हामीले जानकारी दिई सकेका छौ सोही अनुसार चीनले नेपाललाई मिल्ने प्रकारका सिलिण्डर उपलब्ध गराउने प्रकृया शुरु भएको छ केही दिनमानै सिलिण्डर नेपाल आउने उनले जानकारी दिए ।

अक्सिजनको उत्पादन नेपालमै पर्याप्त भए पनि सिलिण्डर अभावले गर्दा संक्रमित विरामीहरुले अक्सिजन खान पाएका छैनन् । प्रवक्ता गौतमका अनुसार चीनबाट प्राप्त हुनसाथ १८ हजार स्थलमार्ग र दुई हजार सिलिण्डर हवाइ मार्ग मार्फत ल्याउने तयारी थालेको समेत जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद्ले अन्यदेशबाट ५० हजार अक्सिजनका खाली सिलिण्डर फास्ट ट्रेकबाट खरिद गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here