रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही

105

काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड-१९ का बिरामीका लागि प्रयोग हुने औषधि रेम्डिसिभिर बढी मूल्यमा बेचेको पाइएमा कारवाही गर्ने जनाएको छ ।

विभागका महानिर्देशक वसन्त भट्टराईले सूचना जारी गर्दै सो औषधि बढी मूल्यमा बेचेको जनगुनासो आएकाले कारवाही गरिने जनाएक हुन् ।उनले सङ्क्रमण फैलिरहेका अवस्थामा बिरामीका लागि प्रयोग हुने रेम्डिसिभिर औषधिको कृत्रिम अभाव गरेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल नगरी अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्नेलाई कारवाही गरिने स्पष्ट पारेका छन्।

विभागले अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण नगर्न(नगराउन तथा तोकेको खुद्रा मूल्यभन्दा बढीमा खरीद नगर्न सबैमा आग्रहसमेत गरेको छ । रेम्डिसिभिरको एक मात्राका लागि करीब पाँच हजार रुपैयाँ पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here