क्यान्सर पीडित वातावरणविद सूर्यमान शाक्यको निधन

183

काठमाडौं/वातावरणविद प्राध्यापक सूर्यमान शाक्यको निधन भएको छ। उनको सोमबार विहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ६७ वर्षीय प्राध्यापक शाक्य एक वर्ष अघिदेखि क्यान्सरबाट पीडित थिए। उनको सोमबार नै दाहसंस्कार गरिएको छ।

शाक्यले वातावरण मन्त्रालय स्थापनाको पूर्वाधार स्वरुप स्थापित वातावरण परिषद्को सदस्यसचिवका रुपमा काम गरेका थिए। नेपालमा सवारी साधनमा प्रदुषण जाँच र हरियो स्टिकरको अवधारणा भित्र्याउने शाक्यले उपत्यकाको फोहोरमैला व्यवस्थापनका क्षेत्रमा पनि काम गर्दै आएका थिए।

सन् १९८० ताका अमेरिकाबाट वातावरण बिषयमा इञ्जिनियरिङ गरेका उनी नेपालको पहिलो वातावरण इञ्जिनियरका रुपमा चिनिँदै आएका थिए। नेपाल वातावरण पत्रकार समूहको विज्ञ सदस्य रहेका शाक्य पछिल्लो समयमा काठमाडौं विश्वविद्यालयको प्राध्यापकका रुपमा परिचित थिए। शाक्यका श्रीमती एक छोरी र दुई छोरा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here