विकासाेउन्मुख राष्ट्रमा खोप पु¥याउन ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको कोष आवश्यक

128

काठमाडौ । कोरोनाभाइरस महामारीलाई रोक्न गरिब देशहरूमा खोप पु¥याउन ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको कोषको आवश्यकता हुने भएको छ ।

गरिब देशहरूलाई खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय योजना कोभाक्स स्किम गत वर्ष सुरु गरिएको थियो । तर धनी र गरिब देश बिच अझ खोप वितरणमा धेरै ठूलो खाडल देखिएको छ । कोभाक्स स्किम अन्तर्गत अहिलेसम्म ४ करोड ९० लाख खोपको मात्रा मात्र वितरण गरिएको छ ।

खोप लिन योग्य वयस्कहरूमा खोप उपलब्ध गराउन अझ ३५ देखि ४५ अर्ब अमेरिकी डलर बराबरको आवश्यकता हुने विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक टेट्रोज अधानोम गेब्रेयससले जनाएका छन् ।

डब्लुएचओको ग्लोबल भ्याक्सिन अलाइन्स गाभिको नेतृत्वमा यो कोभाक्स कार्यक्रम सञ्चालन गरिएको छ । संयुक्त राष्ट्रसंघको बालबालिका कोष युनिसेफसँग मिले महामारी तयारी नवपर्वर्तन गठबन्धन सेपीले पनि कोभाक्स स्किमलाई सहयोग पु¥याइरहेको छ ।

कोभाक्स अन्तर्गत पहिलो खोप गत फेब्रुअरीमा घानाले पाएको थियो । ६ महादेशका गरिब देशहरूका लागि करोडौं मात्रा पु¥याउने काम सुरू भइसकेको छ । यो वर्षको अन्त्यसम्म कोभाक्स अन्तर्गत दुई अर्ब मात्रा वितरण गरिसकिने विज्ञहरूको विश्वास रहेको छ ।

महानिर्देशक टेड्रोजले कोभाक्स कार्यक्रमलाई अवमूल्यन गर्ने धनी देशहरूको चर्को आलोचना गरे ।

कोभाक्स अन्तर्गत जुनको अन्त्यसम्म २ करोड अतिरिक्त खोपको मात्रा आवश्यक हुन्छ । भारतमा खोपको अभावमा कोरोना संकट गहिरिँदै गएको छ ।

स्विडनले मेको सुरुमा अस्ट्राजेनेकाको दस लाख खोप मात्रा दान दिने प्रतिबद्धता हालै व्यक्त गरेको छ ।
यसैगरी मोडर्नाले कोभाक्स स्किमलाई ५० करोड खोप मात्रा कम मूल्यमा उपलब्ध गराउने सम्झौता गरेको छ । तर ठूलो परिमाणमा सन् २०२२सम्म खोपकोमात्रा उपलब्ध हुन नसक्ने देखिएको छ ।

न्यून आय भएका अफ्रिकाका अल्जिरिया, मालावी युगान्डा , मध्यपूर्वका इरान र इराक र अमेरिकी महादेशका बार्बादोस, एल सल्भाडोर र निकारागुआ कोभाक्स अन्तर्गतको खोप लिने भएका छन् ।

यस अन्तर्गतका खोप पहिले कम तथा न्युन आय भएका देशमा पठाइन त्यसपछि उच्च आय भएका क्यानाडा जस्ता देशलाई पठाइने भएको छ ।

अस्ट्राजेनेकाको खोप बनाउने भारतको सेरम इन्स्टिच्युटलाई आपूर्ति गर्न करोर्डौ मात्रा कम परिरहेको छ । कोभाक्सलाई यसले दिन सकिरहेको छैन् । कोभाक्सले ९२ गरिब देशलाई पर्याप्त खोप उलब्ध गराउने योजना लिएको छ।

बेलायत लगायतका केही देशले डब्लुएचओले गरेको आग्रह अनुसार खोप उपलब्ध गराउने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here