काठमाडौ । अमेरिकी अर्बपति बिल गेट्स दम्पती बिच सम्बन्ध विच्छेद हुने भएको छ । उनीहरूले विवाहको सताइस वर्ष पछि सम्बन्ध विच्छेद गर्न लागेका हुन् ।
अब दम्पतीको रूपमा अगाडि विकास गर्न नसक्ने विश्वास भएकोले छु्ट्टने निर्णय गरेको भन्दै उनीहरूले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।
दुवैले एक ठूलो सम्झौताको सोचाइ पछि र हाम्रो सम्बन्धको धेरै कामका बारेम सोचेर हामीले हाम्रो विवाहको अन्त्य गर्ने निर्णय गरेका हौं ट्वीटमा भनेकाछन् ।
सन् १९८०मा मेलिन्डाले बिलको माइक्रोसफ्टमा काम गर्न जोडिएपछि दुवैको पहिलो भेट भएको थियो ।
अर्बपति दम्पतीका ती सन्तान छन् र संयुक्तरूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन सञ्चालन उनीहरूले सञ्चालन गर्छन् । यो फाउन्डेसनले संक्रमित रोग र बालबालिकाको खोपका लागि अर्बौ रकम खर्च गरेको छ ।
गेट्सले लगानीकर्ता अर्बपति वारेन बफेटसँग मिलेर गिभिङ प्लेजमा सक्रिय भइ अर्बपतिहरूलाई तिनका सम्पत्ति असल कामका लागि दिन आग्रह गरिरहेका छन् ।
बिल गेट्स विश्वका चौथो धेरै सम्पत्ति भएका व्यक्ति हुन् । फोब्र्सले उनको सम्पत्ति १ खर्ब २४ अर्ब अमेरिकी डलर बराबरको रहेको जनाएको छ ।
उनले यो सम्पत्ति सन् १९७०को दसकमा विश्वको सबै भन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्ट स्थापना गरी जोडेका थिए ।मेलिन्डाले माइक्रोसफ्टमा उत्पादन प्रवन्धकको रूपमा सन् १९८७मा प्रवेश गरेकी थिइन ।
त्यसपछि उनीहरूले न्युयार्कमा बिजनेस डिनरसँगै गर्न थाल्दै डेटमा जान पनि गर्न थालेका थिए । सन् १९९४मा उनीहरूले हवाइ टापूमा विवाह गरेका थिए ।
माइक्रोसफ्ट बोर्डको सदस्यबाट बिल गेट्स परोपकारी गतिविधिमा सक्रिय भएकाले हटेका थिए ।


















