सांसदहरूको दुई दिन कोरोना परीक्षण हुने

109

काठमाडौं । काेराेनाकाे दाेस्राे लहर नियन्त्रण र राेकथामका लागि वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएका छन् ।

नयाँबानेश्वरकाे  संसद भवनमा  बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले स्राेेेेेतले जनायाेे ।

प्रतिनिधिसभा विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट बच्ने उपायका विषयमा चिकित्सकहरुसंग छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकहरुले संसदमा प्रवेश गर्ने सबैको अनिवार्य कोरोना परीक्षण गर्न सुझाव दिएका थिए ।

वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here