काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले अब बालबालिकालाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने जनाएका छन्। अबको लक्ष्य बालबालिका भएको जनाउँदै उनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने जनाएका हुन्।
बालबालिकालाई फाइजर–बायोएनटेक भ्याक्सिन प्रयोग गर्ने उनले जनाएका छन् । आगामी साताको अन्त्यबाट बालबालिकामा पनि खोप लगाउन शुरु गरिने उनको भनाइ छ। पछिल्लो अध्ययन अनुसार अमेरिकाका कुल संक्रमितमा २२ प्रतिशत बालबालिका रहेका छन्। अमेरिकामा हालसम्म आधा जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज लिइसकेको सरकारी तथ्यांक छ।
आगामी ४ जुलाईसम्म ७० प्रतिशत अमेरिकालाई भ्याक्सिन दिइने राष्ट्रपति बाइडेनले जनाएका छन् ।


















