कामपामा अबदेखि सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने

569

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा धुम्रपान गर्न रोक लगाउने भएको छ । आगामी असोज १ गतेदेखि लागु हुनेगरी सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाएको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरले चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जानकारी दिएको हो ।

सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थको प्रयोग नगर्न, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहित गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

साथै कानुन उल्लघंन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here