विश्वासको मत पुग्न नदिन प्रचण्ड-नेपाल-यादवबीच छलफल

131

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधवकुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग अहिले छलफल गरिरहेका छन्। ललितपुरको हात्तीवनस्थित एक निजी घरमा बुधबार प्रचण्ड र नेता नेपालले यादवसँग कुराकानी गरेको स्रोतको दाबी गरेका छन् । उनीहरूले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुराकानी गर्ने तयारी गरिरहेका छन्।

कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो। माओवादी केन्द्रले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ। उक्त पत्र बुझाएपछि माओवादी नेतृत्व ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मत पुग्न नदिन अन्य दलसँग छलफलमा जुटेको छ।

जसपाभित्र अहिले महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारको पक्षमा छन् भने यादव र बाबुराम भट्टराई पक्षधर ओलीलाई जसरी पनि सरकारबाट हटाउनु पर्ने लाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here