पर्यटकहरु विचल्ली हुन नदिन सञ्चार सेल गठन

82

काठमाडौं । पदयात्रा तथा पर्वतारोहणका क्रममा रहेका पर्यटकहरु विचल्ली हुन नदिन सरकारले उद्धार समन्वयका लागि सञ्चार सेल गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा नेपाला पर्यटन बोर्डले पर्यटकको उद्धारका लागि हटलाइन सम्पर्क नम्बर व्यवस्था गरी २४ सै घण्टा उद्धारमा समन्वय गर्ने जनाएको छ ।

विपत्तिमा परेका पर्यटकले ९८५१२५२६६६ नम्बरमा सम्पर्क गरे तत्कालै उद्धारमा समन्व्य गर्ने लक्ष राखेको बार्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताउनुभयो । पदयात्रामा निस्किएका पर्यटक निषेधज्ञाले बाटोमा अलपत्रमा नपरोस भन्नका लागि बोर्डले उद्धारमा समन्व्य गर्न बुधबार देखि हटलाइन सेवा सुचारु गरेको रेग्मीले बताउनुभयो । बोर्डबाट पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) फारम भरेर पदयात्रामा निस्किएका पर्यटन दुई हजार भन्दा बढी रहेको बोर्डको तथ्याङकमा छ यता पर्यटन विभागबाट १६ वटा हिमालका लागि ७४२ जना हिमाल आरोहण गर्न आधारशिविर गएका छन्, यतिकै संख्यामा शेर्पा गाइड तथा पर्यटक मजदुर बाटामै रहेकाले विचल्लीमा पर्ने भन्दै बोर्डले उद्धार तथा समन्वय गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको जनाएको छ ।

बुधबार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाण्डौं ल्याएको छ । उद्धार गरिएका मध्ये लाङटाङबाट पाँच जना पोलिस ,पोखराबाट चार जना युक्रेनी र लुक्लाबाट दुइर जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको बोर्डले जनाएको छ । बोर्डले गठन गरेको सञ्चार सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुहरुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजीकरण गर्ने रेग्मीले जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गर्न निर्देशन दिएको छ । गाेरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here