काेभिड १९ विरुद्धकाे खोप पहिलो डोजपछि कति दिनमा दोस्रो खोप लगाउने ?

82

एजेन्सी । नेपाल तथा भारतमा कोरोना भारइस संक्रमणदर निकै बढेको छ । यस्तो महामारीको समयमा कोरोना खोपले धेरै हदसम्म राहत दिएको छ । पछिल्लो समयमा खोप लगाएपछि पनि संक्रमित बढेका छन् तर खोप लगाएकाहरु गम्भीर बिरामी नदेखिएको चिकित्सकहरु बताउछन् ।

भारतमा संक्रमितको मृत्यु हुने एउटै कारण देखाइएको छ त्यो हो–मोर्बेडिटी । जसमा हाइपरटेन्सन, डायबिटिज, ह्दय रोग र सुगर जस्ता समस्या छन् । धेरैको यही समस्याले मृत्यु भएको छ । वेबदुनियाको अनुसार भारतमा खोपको दुई डोज लगाएका व्यक्तिहरु पनि संक्रमित भएका छन् । तर गम्भीर रुपको समस्या आएको छैन र उपचार पछि निको भएका छन् ।

सामान्यतया खोपको अन्तराल ६ देखि ८ हप्ता अर्थात ४२ दिन देखि ५६ दिन रहन्छ । तर यदि कसैले पहिलो डोज लिएपछि संक्रमित भएमा ७÷८ हप्तापछि पनि दोस्रो डोज लिन सकिन्छ ।
विशेषज्ञको अनुसार खोपको बिचको जति धेरै समय फरक राखिन्छ त्यत्ति नै रोग प्रतिरोधात्मक क्षमता बढ्छ । अर्थात ८ हप्ताको अन्तराल राखेमा धेरै प्रतिरोधात्मक क्षमता बढ्न सक्छ । त्यस्तै, कोभिसिल्ड खोपको सुरुवातमा ४ देखि ६ हप्ताको फरक भनिएको थियो, तर अहिले ४ देखि ८ हप्ता गरिएको छ । कारोनाको पहिलो खोप लिएको ४ देखि ६ हप्तापछि दोस्रो खोप लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here