३१ वटा सरकारी निकाय खारेज गर्ने

0

काठमाडौं । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ ।

शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराउनुभएको हो । उहाँका अनुसार ३१ निकायको खारेजी, छ वटा निकायको मर्जर, छ वटा निकायको हस्तान्तरण तथा १८ वटा निकायको पुनःसंरचना गरिने छ ।

यसैगरी अर्थमन्त्री डा. वाग्लेले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जवाफदेही बनाउने गरी राष्ट्रसेवक र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाइएको समेत बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा सरकारको साधारण खर्चमा कडा मितव्ययिता कायम गरिने जानकारीसमेत दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here