रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला

325

काठमाडौं । सरकारले रेल सञ्चालनका लागि आवश्यक कानुनी बाटो खुला गर्न रेल सञ्चालन गर्न बनेको अध्यादेश २०७८ जारी गरेको छ। संसद नचलेको बेला सरकारले रेल सञ्चालनको कानुनी बाटो खुला गर्न अध्यादेश जारी गरेको छ।

सरकारले जारी गरेको अध्यादेशअनुसार रेलको चालक तथा सहचालक बन्नका लागि कक्षा ११ र १२ (प्लस टु)मा विज्ञान विषय पढेको हुनेपर्ने छ। अध्यादेशमा मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिइ कम्तीमा माध्यमिक तह ( दश जोड दुई ) उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ।

यसैगरी, मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक तालिम लिइ रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनेपर्ने व्यवस्था पनि अध्यादेशमा गरिएको छ। रेल चालक बन्नका लागि २५ वर्ष उमेर पूरा भइ ५० वर्ष उमेर ननाघेको  ३ वर्ष रेल सहचालकको रुपमा काम गरेको हुनेपर्ने पनि अध्यादेशमा उल्लेख छ।

कसैले विदेशी राष्ट्रबाट रेल चालक वा सहचालक अनुमति पत्र प्राप्त गरेको अवस्थमा भने नेपालमा रेल चलाउन कानुन बमोजिम निवेदन दिएमा रेल्वे प्रशासकले रेल चालक तथा सहचालकको अनुमतिपत्रको लागि लाग्ने दस्तुर लिइ बमोजिम रेल चालक वा सहचालक अनुमति पत्र पदने व्यवस्था गरिएको छ।

रेल दुर्घटनामा परी मृत्यु भएमा ७ लाख

रेल दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च र ७ लाख रुपैयाँ क्षतिपूर्ति रकम दिइने अध्यादेशमा उल्लेख छ। रेल दुर्घटनामा परी घाइते तथा अंगभंग भएका व्यक्तिको हकमा कुनै अंग काम नलाग्ने भएमा प्रत्येक अंगको २ लाख ५० हजार रुपैयाँ र त्यस्तो अंग काम नलाग्ने भए घाउ खर्च वापत १ लाख ५० हजार रुपैयाँसम्म क्षति पूर्ति दिइने व्यवस्था अध्यादेशमा गरिएको छ ।

कुनै व्यत्तिलाई चोटपटक लागेकोमा चोट पटकको स्थिति विचार गरी औषधी उपचार खर्च वापत एक लाख रुपैयाँसम्म क्षति पूर्ति दिने व्यवस्था पनि अध्यादेशमा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here