स्थानीय तह अक्सिजन उत्पादन गर्न अग्रसर

161
clS;hg KnfG6 h8fg unsf]6, & k'; M wf}nflu/L c~rn c:ktfn afun'ªdf u08sL k|b]z ;/sf/sf] ;fdflhs ljsf; dGqfnosf] ?= ($ nfvsf] nfutdf xfn} h8fg ul/Psf] clS;hg KnfG6 . KnfG6n] clS;h pTkfbg yfn]kl5 c:ktfnn] b}lgs !% b]lv @) l;lnG8/ clS;hg vl/b ug'{kg]{ cj:yf x6]/ uPsf] 5 . t:jL/Mv]d/fh uf}td÷ /f;;

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् ।

अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान थालेपछि स्थानीय तह आफैले अक्सिजन प्लान्ट सञ्चालनको तयारी गर्न थालेका हुन् । आआफ्नो पालिकाभित्र भएका ठूला प्रकृतिका अस्पतालसँग सहकार्य गरेर स्थानीय तहले अक्सिजन प्लान्ट सञ्चालन गर्न लागेका हुन् । अहिले उपत्यका काठमाडौँ, ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएका छन् ।

काठमाडौँ महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्न थालिसकिएको छ । काठमाडौँ महानगरपालिकाको दुई करोड ७५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्टको स्थापना गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेकोे छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिने गरी अक्सिजन प्लान्ट स्थापना गरिएको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिईन् ।
ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापनाका प्रक्रिया अगाडि बढाएको छ । महानगरपालिकाले पाटन अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपियाँ प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले भने– “कोरोनाका बिरामीको स्वास्थ्यलाई ध्यानमा राखेर महागनरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडिबढाएको हो ।” महानगरपालिकाले अगामी दिनमा अस्पतालसँग सहकार्य गर्न सकिने विषयमा सहकार्य गरेर अगाडि बढ्ने उनले बताए।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्यले अक्सिजन प्लान्ट जडान हुन बढीमा दुई महिना लाग्ने भएकाले अहिले अक्सिजन सिलिन्डर खरिद गरेर अक्सिजन प्रयोग गरिरहेको बताए। अस्पतालको कार्यलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरपालिकाको भूमिका थप प्रभावकारी हुने अस्पतालले जनाएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here