सुनसरी । ईनरुवा नगरपालिका-९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० जाल्पापुर बस्ने २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया रहेका छन् । अस्थाई प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएको प्रहरीले मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गर्नेक्रममा उल्टै प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने दुवै जनालाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ।

















