दिल्लीमा थप एक हप्ता लकडाउन

194

भारत । कोरोना संक्रमित निरन्तर बढिरहँदा भारतको राजधानी दिल्लीमा लकडाउन एक साता थप गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक हप्ताका लागि लकडाउन बढाएका हुन्। मुख्मन्त्री केजरीवालले यसपटकको लकडाउन कडा हुने जनाए। लकडाउन अघि दिल्लीमा संक्रमणको दर ३५ प्रतिशत रहेको र लकडाउनपछि त्यो दर घटेर २३ प्रतिशत भएको भन्दै उनले लकडाउन आवश्यक भएको जनाए।

मुख्यमन्त्री केजरीवालले लकडाउन बढाउनु बाध्यता रहेको र थप कडाइ आवश्यक रहेको बताए। सोमबारबाट मेट्रो पनि बन्द हुने भएको छ। पछिल्लो २४ घन्टामा भारतमा ४ लाख ३ हजार ७ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। भने ४ हजार ९२ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here