आज सेयर बजार ४९.०९ अंकले बढ्याे

18

काठमाडौं । आज सेयर बजार उच्च अंकले बढेको छ । लामो समयसम्म किचलो देखिएको गभर्नर नियक्तिमा प्रमुख सत्ता साझेदार दलहरुबीच सहमति भएसँगै आज सेयर बजार ४९.०९ अंक (१.८६ प्रतिशत) बढेकाे हाे  ।

सो वृद्धिपछि नेप्से परिसूचक २६७७ अंकमा कायम भएको छ । बजारको परिसूचक बढे पनि कारोबार रकम भने घट्यो । अघिल्लो दिन ७ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३१ करोडको भयो ।कुल २२९ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.४२ प्रतिशत बढ्यो ।बैंकिङ १.९१, विकास बैंक २.९५, फाइनान्स २.४४, हाइड्रोपावर २.४५, लगानी २.३३, जीवन बीमा १.३२, उत्पादन १.८९, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.७४, अन्य ०.८४ र व्यापार समूह १.४९ प्रतिशत बढे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास, सप्तकोशी विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ती हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मातृभूमि लघुवित्तको ७.८३, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८८ तथा जोशी हाइड्रोपावरको ६.१४ प्रतिशत मूल्य बढ्यो ।

विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ३.०९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर, सानिमा माइ हाइड्रोपावर, सोल्टी होटल क्रमशः अगाडि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here