सर्लाही । लालबन्दी नगरपालिका-१७ रानीगंजस्थित सडकमा ना.६ ख ७२२७ नम्बरको बसले ना.१ ज २६४५ नम्बरको म्याजिकलाई सोमबार दिउँसो ठक्कर दिँदा म्याजिकमा सवार सोही ठाउँ बस्ने २२ वर्षीया सोना पन्तको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म्याजिकमा सवार मध्ये ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि सुमेरू अस्पताल काठमाडौं रिफर गरिएको छ ।
प्रहरीले हाल फरार बस चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















