अमेरिकामा ‘दिनेश सुनार डे’ सम्मानित

125

नेपाली पार्कर खेलाडी दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । अमेरिकाको ओहायो राज्यअन्तर्गत अक्रोन शहरका मेयर डनिएल होरिग्गनले उनलाई सम्मान गरेका हुन् ।

उनको सम्मानमा ‘दिनेश सुनार डे’ घोषणा गरिएको छ । २०२२ को अप्रिल २१ लाई सुनारप्रति समर्पित गर्दै यो सम्मान प्रदान गरिएको हो ।

सम्मान कार्यक्रममा अमेरिकामा रहेका नेपाली समाजका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो । सो कार्यक्रममा दिनेशले यो वर्ष नासो कम्युनिटी, एनआरएनए, डिसी एम्बेसी सबैसँग मिलेर छैटौं गिनिज वर्ल्ड रेकर्ड राख्ने घोषणा पनि गरेका छन् । दिनेश बालुवामा तालिम गरेर स्थापित भएका संघर्षशील सफल पार्कर खेलाडी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here