बजारमा सुनको मुल्य बढ्यो

88

काठमाडौं । केही दिन यता नेपाली बजारमा सुनको मुल्य बढिरहेको छ । आज सामान्य अंकले सुनको मुल्य बढेको हो ।

शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको छ । यसैगरी चाँदीको ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here