काठमाडौं । महाबौद्धमा रहेको वीर अस्पतालको नवनिर्मित भवनमा कोरोना सङ्क्रमितको उपचार हुने भएको छ । सुरुमा सय श-याबाट सञ्चालन हुने उक्त भवनमा पाँच सय श-यासम्म विस्तार गरिने छ ।
वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले उक्त भवनमा अहिले अक्सिजन व्यवस्थापन कार्य भइरहेको बताउनुभयो । “अहिले अक्सिजनको प्रणाली मिलाउने काम गरिरहेका छौँ, भोलि या पर्सिदेखि नै सय शøयामा सङ्क्रमितको उपचार हुनेछ”, आवश्यक परे पाँच सय श-या नै सञ्चालन गर्न सकिने जानकारी दिँदै डा. सापकोटाले भन्नुभयो । सो अस्पतालमा अक्सिजन चाहिने सङ्क्रमितको मात्र उपचार हुनेछ ।
सो भवनमा पाँच सय शøया सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको जानकारी दिँदै डा. सापकोटाले थप्नुभयो, “यो अस्पताल सञ्चालनका लागि नर्सिङ जनशक्ति सय जना मागिएको छ, अरू नर्सिङ जनशक्ति पनि थप गर्ने छौँ ।” नर्सबाहेक सरसफाइलगायतका जनशक्ति पनि आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय ट्रमा सेन्टरमा आइतबारदेखि कोरोना सङ्क्रमितको उपचार गर्न सुरु गरिएको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सेन्टरमा भएका अन्य बिरामीलाई वीर अस्पतालमा स्थानान्तरण गरेर कोरोनाका बिरामीको मात्र उपचार गर्न थालिएको जानकारी दिनुभयो ।
निर्देशक पौडेलले यसअघि भर्ना भएका ट्रमा सेन्टरका सबै बिरामीलाई सार्नुपर्ने भएकाले पूरा क्षमतामा सङ्क्रमित भर्ना लिन केही दिन लाग्ने जानकारी दिँदै उहाँले सेन्टरमा दुई सय श-याको कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको बताउनुभयो ।
सेन्टरको आफ्नै अक्सिजन प्लान्ट भएकाले त्यहाँ उपचार गराइरहेका बिरामीलाई अन्यत्र सारेर कोरोनाका बिरामीलाई उपचार गर्न लागिएको हो । गोरखापत्रबाट ।


















