होली खेलेर नुहाउन दुधकोशी नदी पुगेका तीनजना बालबालिका बेपत्ता

56

मोरङ । होली खेलेर नुहाउन दुधकोशी नदी पुगेका तीनजना बालबालिका बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार आइतबार उदयपुरको त्रियुगा नगरपालिका–१४ का बालबालिका अपराह्न करिब ४ बजे नुहाउने क्रममा दुधकोशीमा बगेर बेपत्ता भएका छन्।

प्रहरी नायब उपरीक्षक चौधरीले होली खेल्ने क्रममा दुधकोशी पुगेका साउने बजारका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएको जानकारी दिए। उनले बालबालिका साउने बजारबाट होली खेल्दै धाप्लाङघाट पुगेका बताए।

बालबालिकाको एक समूह नै धाप्लाङघाट पुगेको बताउँदै प्रहरी नायब उपरीक्षक चौधरीले पौडी खेल्न कोशीमा पसेका बालबालिकको समूहमध्ये रेखा, रिदम र लोकबहादुर नदिमा बेपता भएका हुन्।

यसक्रममा बगरमा रहेका बालबालिकाले होहल्ला गर्न थालेपछि केही स्थानीयले ४ जनालाई पौडिएर उद्दार गरेको प्रहरीको भनाइ छ। प्रहरीले बेपत्ता बालबालिकको खोजतलास कार्य अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here