काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताजा जनादेशमा जानुपर्ने जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान राजनीतिक अन्योलता हटाउन ताजा जनादेश उपयुक्त विकल्प हुने जनाएका हुन्।
‘अहिलेको राजनीतिक अन्योल हटाउन ताजा जनादेशमा जानु वा निर्वाचनमा जानु नै प्रजातान्त्रिक बाटो हो,’ सुवालले भने।


















