संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्छ : देउवा

197

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुनुपर्ने जनाएका छन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा आफ्नो भनाइ राख्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको भन्दै धारा ७६ (२) अनुसार प्रक्रिया अघि बढ्नुपर्ने माग गरे।

यो सरकार पूर्णरुपमा विफल भइसकेको भन्दै देउवाले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मतदान गर्ने जानकारी गराए। उनले अरु दललाई पनि विपक्षमा मतदान गर्न आग्रह गरे। अब माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार गठनको दाबी गर्ने उनको संकेत थियो ।

यस्ताे छ धारा ७६ (२) को व्यवस्था:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here