काठमाडौं – नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आजको संसद् बैठकमा अनुपस्थित हुने वा प्रधानमन्त्रीलाई मतदान नगर्ने एमालेका सांसदमाथि कारबाही गरिने जनाएका छन्।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, दलित आयोग, आदीबासी जनजाती आयोग, समावेशी तथा वित्त आयोग लगायतका निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको हो ।
परिषद्ले लोकसेवा आयोगको अध्यक्षमा झापाका माधवप्रसाद रेग्मी र सदस्यहरुमा माधव बेल्वासे कपिलवस्तु, बीरबहादुर राई इलाम, दिनेश सिलवाल ललितपुर र मञ्जुकुमारी महोत्तरीलाई सिफारिस गरेको छ ।यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुमा डा.हरि पौडेल बाग्लुङ र डा.सुमित्रा श्रेष्ठ ब्याञ्जु ललितपुर सिफारिस भएका छन् ।
निर्वाचन आयोगको सदस्यमा सगुन शम्सेर जबरा कपिलवस्तु सिफारिस भएका छन् । प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौला पाँचथर र सुधाकुमारी झा धनुषा सिफारिस भए ।
महिला आयोगमा दया घिमिरे धनुषा र सावित्राकुमारी शर्मा तिवारी पर्वत सिफारिस भएका छन् । यस्तै दलित आयोगको सदस्यमा सुन्दर पुर्कोटी काठमाडौं सिफारिस भएका छन् । राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा.रामकृष्ण तिम्लसेना र सदस्यहरुमा पुष्पराज तिम्लसेना पर्वत र मानप्रसाद खत्री बझाङ सिफारिस भएका छन् ।
आदीबासी जनजाती आयोगमा सूर्यबहादुर गुरुङ खोटाङ सिफारिस भएका छन् । मधेशी आभाकुमारी सप्तरी सिफारिस भइन् । यस्तै थारु आयोगमा डा उमाशंकर चौधरी नवलपरासी पश्चिम र मुस्लिल मोहम्मद सम्सुल हक सर्लाही सिफारिस भए ।
बैठकमा प्रधानमन्त्रीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए । कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटाले बैठक बहिष्कार गरेका थिए ।


















