कोरोना संक्रमणबाट साहित्यकार कोइरालाको निधन

112

काठमाडाैं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य, साहित्यकार, विभिन्न ग्रन्थका सम्पादक, बौद्धिक व्यक्तित्व, जीवनचन्द्र कोइरालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

उनको बुधबार दिउँसो १२:३० मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी दुई साता अघि संक्रमित भएर निजामती अस्पतालमा उपचार हुँदाहुँदै आइसीयुमा राख्न धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।

यसै बर्ष साझा प्रकाशनको निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका ६१ वर्षीय कोइराला राजनीति सँगसँगै सामाजिक र साहित्यका क्षेत्रमा सक्रिय थिए। उनका श्रीमती र दुई छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here