प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलेे जित्यो

181

काठमाडौं/म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। मंगलबार राति  दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो।

गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेड लेस्टर सिटीसँग २-१ ले पराजित हुन पुग्यो। युनाईटेडको ७० अंक हुँदा लेस्टरको ६६ अंक भएको छ। सिटीले ३ खेल अगावै ८० अंक बनाएको छ।

चार वर्षमा सिटीको यो तेस्रो प्रिमियर लिग उपाधि हो। गत सिजन लिभरपुलले जित्दा त्यसअघि दुई वर्ष लगातार सिटीले नै प्रिमियर लिग जितेको थियो। प्रशिक्षक पेप ग्वार्डिओला सिटीमा आएपछि उनले टिमलाई चार वर्षमा तेस्रो लिग उपाधि जिताएका हुन्।

सिटी यो सिजन च्याम्पियन्स लिग फाइनलमा समेत पुगेको छ। उसले मे २९ मा प्रिमियर लिगकै क्लब चेल्सीसँग उपाधिका लागि खेल्दैछ। पहिलोपटक फाइनल पुगेको सिटीलाई यो सिजन च्याम्पियन्स लिग उपाधि उचाल्ने अवसर पनि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here