कोरोना महामारीमा तनाब यसरी कम गर्ने

148

एजेन्सी । कोरोना महामारीमा शारीरिक समस्यासँग त जुध्न पर्छ, अझ त्यो भन्दा बढी त मानिसहरु मानसिक रोगको पनि सिकार भइरहेका छन् । ७० प्रतिशत मानिसहरु तनाबमा गुज्रिएको एक तथ्यंले देखाएको छ । विज्ञहरुको अनुसार चिन्ता, आत्तिने, चिडचिडापन, डिप्रेशन र अनिन्द्रा जस्ता समस्या प्रमुख रुपमा देखिएका छन् । कोरोना संक्रमणदर बढेसँगै मानिसहरुको धेरै समस्या पनि बढ्दै गएको छ ।

तनाब हुनको कारण
मानिसहरुले भविष्यको बारेमा चिन्ता गर्ने (रोजगार, बच्चाहरुको शिक्षा, स्वास्थ्य), संक्रमणको डर, संक्रमणपछि सामाजिक दुरीको डर, मुत्युको डर, वातारणको नकरात्मक असर, लगातार नराम्रा समाचार हेर्ने, रोजगारको चिन्ता, सामान्य रुपमा घाटीमा समस्या हुनु, अलिअलि खोकी लाग्नु, कोरोना लाग्ने डर धेरै हुनु, आर्थिक स्थिति जस्ता सामान्य कारणले मानिसहरु तनावको सिकार भइरहेका छन् ।

तनाब कम गर्न के गर्ने त ?
विशेषज्ञको अनुसार समस्यासँग डराउनु भन्दा मुकाविला गर्नु पर्छ । किनकी डरसँगै जित हुन्छ । कम्तीमा पनि दिनको एकघन्टा समय निकालेर आफुलाई मन पर्ने कुरामा लाग्नु पर्छ । गीत गाउनु, नाच्नु, पेन्टिङ गर्नु अथवा किताब पढ्नु । जसबाट आफु खुशी हुन सकिन्छ । यदि गीत संगित सुन्न मन पर्छ भने म्युजिक बजाउन पनि सकिन्छ । यसको साथै पौष्टिक आहार सेवन गर्नुपर्छ र ६ देखि ७ घन्टासम्म आनन्दले सुत्नुपर्छ ।

ध्यान र योग

तनाब कम गर्न योग र ध्यान अत्याधिक सहयोगी भएकाले योग गर्न बिशेषज्ञ सल्लाह दिन्छन् । अनुलोम–विलोम, कपालभाती, नाद योग आदी प्राणायाम गर्नुपर्छ । तनाब मगर्न ब्रीदिंग एक्सरसाइज पनि निकै प्रभावकारी हुन्छ । यसले सास तन्त्रलाई मजबुद बनाउछ । कोरोना भाइरसले सबैभन्दा बढी सास तन्त्रलाई नै प्रभावित गर्छ ।
यसको साथै सामाजिक दुरी कायम राख्दै दैनिक १५ देखि २० मिनेट फोनमा कुरा गर्नुहोस् । आफन्तसँग निरन्तर सम्पर्कमा रहनुहोस् । अरुको सहयोगको लागि जतिबेला पनि तयार हुनुुपर्छ । Photo- Agency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here