काठमाडौं । कोरोना भाइरसको दोस्रो महामारीमा विरामीलाई रगतको कमी हुन नदिनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजले आकस्मिक विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
निषेधाज्ञाको बावजुट पनि काठमाडौं महानगरपालिका वडा नंबर २० नगर समितिले बुधवार मरुटोल डबलीमा आकस्मिक विशेष रक्तदान कार्यक्रम संपन्न गरेको हो । जसमा २८ जना स्वर्यसेवी रक्तदाताहरुले रक्तदान गरेका छन्।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको विशेष आकस्मिक रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २० का वडा अध्यक्ष राजेन्द्र मानन्धर, महानगरीय प्रहरी बृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लको बिशेष उपस्थिति जनाएकाे आयोजक नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिले जानकारी दिए ।


















