काठमाडौं । अबदेखि एनएमबि बैंकका ग्राहकले घरबाटै केवाईसी भर्न सक्ने भएका छन् ।
बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाईन केवाईसी प्रविधि अगाडी बढाएको हो ।
बैंकले यस नयाँ प्रणालीको साथ, अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्न नपर्ने जनाएकाे छ ।

















