महोत्तरी । जिल्लाकाे बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् ।
ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक्सिभोन बरामद गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।


















