काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई एकता कायम राख्न सुझाब दिएका छन्।
फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा एमाले एकता कायम राख्न सुझाब दिएका हुन्। उनले २०७४ सालमा देशी विदेशी शक्तिले राप्रपा फुटाई दिएको पनि आरोप लगाएका छन्।
उनले परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भएको भन्दै विस्तारै उठ्दै गरेको पनि जनाएका छन्। थापाले नाम र काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएको भन्दै यो शक्ति कमजोर हुनु नहुने पनि जनाएका छन्।

















