गृहमन्त्री ‘बादल’ले कोभिड-१९ काे आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन निर्देशन

119

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड-१९ काे आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन्। निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले कालो बजारी रोक्न कडा कदम उठाउन पनि आग्रह गरे।

मन्त्रालयमा उनलाई गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत कर्मचारीले स्वागत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here