जापानमा ६ म्याग्निच्यूडको भूकम्प गयाे

98

टोकियो/जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर शुक्रबार ६ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

उक्त भूकम्पको तीव्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here