सुडान/ दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ ।
‘आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको एउटा १९ सिट क्षमताको जहाज दुर्घटनामा परेको जानकारी मात्र प्राप्त भएको छ,’इस्टर्न ग्रेट लेक्स राज्यका सूचना मन्त्रीले जनाए ।
उनले विमान दुर्घटनाका बारेमा थप विवरण प्राप्त भइनसकेको र खोजी तथा उद्धारको कार्य शुरु भएको जनाए ।


















