चीनमा आँधीबेहरी चल्दा सात जनाको मृत्यु

203

एजेन्सी/मध्य र पूर्वी चीनमा चलेको दुईवटा आँधीबेहरीमा कम्तिमा सात व्यक्तिको ज्यान गएको छ भने २०० भन्दा धेरै मानिस घाइते भएका छन्‌। वुहान सरकारले त्यहाँ ६ जना व्यक्तिको मृत्यु भएको र २१८ जना घाइते भएको जानकारी दिएको छ। यही शहरमा सन् २०१९ को अन्त्यतिर कोरोना भाइरसको पहिलो मामिला भेटिएको थियो।

प्रतिघण्टा ८६ किलोमिटर गतिमा चलेको आँधीबेहरीले निर्माणस्थल र रूखबिरूवामा धेरै क्षति पुर्‍याएको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्‌।वुहानअघि जियाङ्सु प्रान्तको सेङ्‌गाजे शहरमा पनि आँधीबेहरी चलेको थियो। सो आँधीबेहरीमा एक जनाको मृत्यु र २१ जना घाइते भएका प्रान्तका अधिकारीहरूले जानकारी दिएका छन्‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here