रञ्जित चुक पुचःकाे व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन

214

काठमाडौ । रञ्जित चुक पुचःकाे व्यवस्थापनमा कामपा -२१ वडास्थित नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन गरेको छ।

शुक्रवार गठन गरिएकाे नगरसमिति नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा गठन गरिएको थियाे ।

आयोजित भेलाले स्वयंसेवी रक्तदाता सुमितदास रञ्जितकारको अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कामपा-२१ वडा नगरसमिति गठन भएको छ ।

जसमा उपाध्यक्ष राजेश श्रेष्ठ, सचिव रिदेन महर्जन, कोषाध्यक्ष सुनिल महर्जन चयन भएका छन् भने सदस्यहरूमा क्रमशः नबिना श्रेष्ठ, रूपक श्रेष्ठ, लुना चित्रकार, त्रिरत्न शाक्य, छोरीमैञा श्रेष्ठ, प्रेमशोभा शाक्य, प्रशान्त खड्गी र भावना महर्जनलाई सर्वसम्मतले चयन भएकाे थियाे ।

कोरोना दाेस्राे लहरका कारण निषेधाज्ञाको सामना गरिरहेको विषम अवस्थामा  स्वयंसेवी रक्तदाताहरू यो असहज परिस्थितिमा संगठित भई हाल रगतमा देखिएकाे समस्या निराकरण गर्न र   सहज तवरले आपूर्तिकाे वातावरण सृजना गर्न   बृहत् अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका-२१ वडा नगरसमिति गठन भएकाे थियाे ।

त्यसैगरि अतिथिको रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाज-२० वडा नगरसमितिका अध्यक्ष राम रञ्जित र सोही वडासमितिका सचिव राजेश मानन्धरले आतित्थ्यता गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २१ वडा नगरसमितिका नवगठित कार्यसमितिलाई संस्थाको लोगो अंकित ब्याज र खादा पहराई बधाई ज्ञापन ब्यक्त गर्दै शपथ ग्रहण गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here