नेपालीभाषी हिन्दु महिला अमेरिकाको राष्ट्रपतिमा प्रतिस्पर्धी बन्ने उद्घोष

281

अमेरिकाको हवाई राज्यबाट निर्वाचित प्रतिनिधि तुलसी गबार्डले सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा उनको दल डेमोक्र्याटिकको तर्फबाट उम्मेदवारीको दाबेदारी पेश गर्दैछिन्। नेपालीभाषी हिन्दु धर्मावलम्बी यी महिला  ३७ वर्षीया छिन् । यिनको नाम  तुलसी गबार्ड हो । यिनको जन्म सन् १९८१ मा अमेरिकी समोआमा भएको थियो ।

२१ वर्षको उमेरमा अमेरिकामा सबभन्दा कम उमेरमा निर्वाचित प्रतिनिधि बन्ने इतिहास उनले रचेकी थिइन्।

गबार्डको राजनीति कस्तो ?
गबार्डको राजनीतिक झुकावको कुरा गर्दा अमेरिकामा उनको छवि यस्तो नेताको रूपमा छ जसलाई रिपब्लिकन दलका मानिस पनि मन पराउँछन् र जसलाई डेमोक्र्याटिक पार्टीका मानिस नियन्त्रण गर्न सक्दैनन्।

सन् २०१६ मा उनले राष्ट्रपतिको चुनावताका डेमोक्र्याटिक पार्टीका तर्फबाट हिलरी क्लिन्टनको साटो बर्नी सेण्डर्सको उम्मेदवारीको समर्थन गरेकी थिइन्।

त्यतिखेर उनले सोही कारण डेमोक्र्याटिक नेशनल कमिटिको उपाध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्।

अमेरिकामा अर्को राष्ट्रपतिय निर्वाचन सन् २०२० मा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here