पारिश्रमिक नमिलेपछि फिल्म छोड्दै निरुता, ५ लाख डिमाण्ड

272

अभिनेत्री निरुता सिंहलाई फिल्मको अफरको ओहिरो छ । धेरै निर्माता निर्देशक उनलाई फिल्ममा चरित्र अभिनेत्रीमा लिन तँछाड-मछाड गरिरहेका छन् ।

यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘नाइँ नभन्नू ल ५’ बाट कमब्याक भएकी उनी ‘इन्टेरियर डिजाइनिङ’ सिक्न भन्दै मुम्बई आएकी थिइन् । उनको यो फिल्मपछि अहिले उनको हातमा फिल्मको लस्कर छ । ‘गर्छु’ भनेका केही फिल्म उनले व्यस्तताका कारण छाडि पनि सकिन् । ‘लभ स्टेशन’ उनले छाडेको फिल्म हो ।

हालै उनले महसञ्चारको निर्माणमा बनेको फिल्म ुदाल भात तरकारीु को छायांकन सकिन् । यसमा उनी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा छन् । यो फिल्मपछि उनको पाइपलाइनमा एक फिल्म थियो, ‘हजार जुनीसम्म’। तर, उनले उक्त फिल्मबाट हात झिकेकी छन् ।

आफूलाई कमब्याक गराउने निर्देशकको फिल्म भने अहिले उनले छाडेकी छिन् । पारिश्रमिकमा कुरा नमिलेर उनले यो फिल्म छोडेकी छिन् । उक्त फिल्ममा ५ लाख पारिश्रमिक माग गरेकी थिइन् जसका कारण उनले यो फिल्म गरिनन् ।

स्रोतका अनुसार, उनलाई रोल पनि चित्त बुझेको थिएन । ‘हजार जुनीसम्म’ मात्र होइन उनले सुदर्शन थापाको निर्देशन रहने फिल्म ुसम्हालिन्छ कहिले मनु पनि पारिश्रमिकमा कुरा नमिलेपछि गरिनन् । उनले ५ लाखमाथि डिमाण्ड गरेकी थिइन् । उनलाई अफर गरेको रोलमा सुदर्शनले अभिनेत्री गौरी मल्ललाई अनुबन्ध गरेका छन् ।

निरुताको ‘नाइँ नभन्नू ल ५’ पछि कुनै फिल्म रिलिज भएका छैनन् तर पारिश्रमिक भने दोब्बर बढाउदैछिन् । अब उनको हाइप रिलिज पश्चात फिल्मले कतिको सफलता हासिल गर्छ यो भने समयले नै बताउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here