कोरोनाबाट विश्वभर ३३ लाख ८३ हजार ६०६ जनाको मृत्यु

78

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३३ लाख ८३ हजार ६०६ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका १६ करोड १३ लाख ७९ हजार ०५९ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै, १४ करोड १४ लाख ७८ हजार ९१६ को उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ ।

अमेरिकामा ५ लाख ९९ हजार ८६३ जनाको मृत्यु भएको छ भने ३ करोड ३६ लाख ९५ हजार ९१६ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या १ लाख भन्दा बढी छ ।

ब्राजिलमा ४ लाख ३४ हजार ८५२, भारतमा २ लाख ७० हजार ३१९, स्पेनमा ७९ हजार ३३९, फ्रान्समा १ लाख ०७ हजार ५३५, बेलायतमा १ लाख २७ हजार ६७५ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा ४ लाख ४७ हजार ७०४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ४८५६ को मृत्यु भएको छ ।

कुन देशमा कति हेर्नुहोस् सुची ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here