सृजनात्मक कामबाट यसरी हटाउनुहाेस् माेवाइलकाे लत !

91

काठमाडौं । कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञामा बालबालिकालाई मोबाइल चलाउने लत बसेको हुनसक्छ । बालबालिकाको यस्तो लत हटाउने हो भने आफ्नो पनि बानी सुधार गर्न मनोविद्हरूको सुझाव छ ।
“अभिभावक भने मोबाइल, ल्यापटप चलाउने अनि बालबालिका तथा किशोरकिशोरीलाई नहेर भन्न मिल्छ त ?,” मानसिक रोग विशेषज्ञ डा. तृष्णा घोषले भन्नुभयो, “यो बन्दाबन्दीको अवस्थामा भावनात्मक विचलन र एक्लोपनको मनोभावनाले बालबालिकाको मानसिक अवस्थालाई अझ जटिल बनाइरहेको हुन्छ, आफ्नो बालबालिकासँगै रमाउने र एक समय मोबाइल हेर्न पनि दिनुपर्छ । ”
किशोर अवस्थामा छोराछोरी मोबाइल वा टिभीमा धेरै समय बिताउने, पहिलेभन्दा कम बोल्ने, एकोहोरो हुने, चाँडै रिसाउने गर्छन् । यस्तोे अवस्थामा उनीहरूको मर्म बुझेर साथीजस्तै व्यवहार गर्नुपर्ने पनि उहाँको सुझाव छ । निषेधाज्ञाको समयमा आफ्ना बालबालिकालाई खाना पकाउने बेला समावेश गरेर हामी आफू र बालबालिकाबीच सुमधुर सम्बन्ध कायम गर्न सकिने जानकारी उहाँले दिनुभयो । विशेष गरी खाना तयार पार्दासँगै राख्छौँ, तब उनीहरूलाई खानाको महìवबारे थाहा हुन्छ र उनीहरू पत्रुखाना खान कम गर्छन् । त्यसैले खाना पकाउँदा प्रत्येक खानाको महìवबारे बुझाउनु पनि जरुरी रहेको डा. घोषको धारणा छ ।
उहाँले भन्नुभयो, “हामी माटोबाट सङ्क्रमण हुनसक्छ भनेर आफ्नो बच्चालाई माटोमा खेल्न दिँदैनौँ तर माटोमा सङ्क्रमण फैलाउने मात्रै होइन स्वास्थ्यमैत्री ब्याक्टेरिया पनि हुन्छन् जसले बच्चालाई मानसिक र शारीरिक फाइदा पु-याउँछ । स्वास्थ्यमैत्री ब्याक्टेरियाका कारण माटोमा खेलेका बच्चा बलिया हुन्छन् । ”
बच्चामा रचनात्मक गुण बढाउन माटो र खुला वातावरणमा खेल्न दिनुपर्छ । यसले बच्चाको शरीर राम्रो हुनुका साथै उनीहरूलाई केही अलग र रचनात्मक काम गर्ने शक्ति पनि बढ्ने उहाँले बताउनुभयो ।
पूर्व बाल्यावस्थाको विकास सम्बन्धमा विद्यावारिधि गर्नुभएका प्राडा निर्मला उप्रेतीले यस्तो मौकामा आमाबुवा र बालबालिकाबीचको सम्बन्ध अझ बढी प्रगाढ बनाउने समय भएको बताउनुभयो । “बालबालिकालाई दिनभरि मोबाइल, ल्यापटप दिनुको साटो कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा सिकाउनुपर्छ । समय बिताउन मोबाइल नै चाहिन्छ भन्ने धारणा गलत हो,” उहाँले भन्नुभयो । बन्दाबन्दीको समयमा घरको काम सिकाउनुका साथै बारी गमलामा भएका फूल र बोटबिरुवाको नाम सिकाउने, तिनलाई कसरी रोप्ने भन्ने पनि ज्ञान दिन सकिने उहाँले बताउनुभयो ।
हरेक अभिभावकले आफ्नो आर्थिक तथा सामाजिक हैसियतअनुसारको व्यवहार गर्दै आएका छन् । आफ्नो पारिवारिक अवस्थाअनुसार बालबालिकाका लागि बाघचाल, गट्टा, लुँडो, चेस, क्यारम बोर्ड, पजल गेमजस्ता सामान्य घरभित्र खेल खेल्ने वातावरण मिलाउनुपर्ने प्राडा उप्रेतीले सुझाव दिनुभयो ।
कार्लस्टाड विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार नाचगानले हाइपर एक्टिभ बालबालिकाको प्रदर्शनमा निकै सुधार ल्याउँछ । नाचगानले उनीहरूलाई आफ्नो शरीरद्वारा कुनै पनि कुरालाई राम्ररी व्यक्त गर्न मद्दत गर्छ भने सङ्गीतले उनीहरूलाई सिर्जनात्मक हुन, सामाजिक हुन तथा आत्मबल बढाउँछ । नाचगानले बच्चालाई विभिन्न कला संस्कृतिबारे अवगत हुन तथा फराकिलो विचारधारा कायम राख्न सहयोग पु-याउँछ । गाेरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here