आठ कक्षाको बाहेक अरु सबै कक्षाको जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न कामपाको निर्देशन

235

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न सबै निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।

महानगरपालिकाको शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै अनलाइन वा उपयुक्त विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो। ‘अनुकूल उपयुक्त मूल्याकन प्रक्रिया (अनलाइन/अफलाइन परीक्षा यसै सत्रमा सञ्चालित टर्मिनल परीक्षा टेलिफोन/ निरन्तर विधार्थी मूल्याकन/ इ-मेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा) अपनाएर २० गते सम्ममा सम्पन्न गरी जेठ मसान्तसम्म नतिजा प्रकाशन गर्न सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सुचनामा भनिएको छ।

महानगरपालिकाले नतिजा प्रकाशन गरी असार पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न पनि सुचनाबाट सबै विद्यालयलाई जानकारी गराएको छ। त्यस्तै,कक्षा ८ को नगरस्तरीय परीक्षाको सम्बनधमा यथाशिघ्र सूचना जारी गरिने महानगरपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here