सरकारले काेराेना नियन्त्रणमा ध्यान नदिँदा अवस्था भयाभह हुने खतरा : डा. सुन्दरमणि दिक्षित

120

अहिले मुलुक कोभिड–१९ को प्रकोपले आक्रान्त छ । कोभिडको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दै गएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणबारे ध्यान दिएको छैन । आम नागरिकले आइसीयू र भेन्टिलेटर त परैको कुरा भयो, अक्सिजनसमेत पाउन सकिरहेका छैनन् । सरकारले अहिले के गर्नु पथ्र्यो, के गरिरहेको छ । कोभिड संक्रमणबाट मुलुकलाई पार लगाउन के गर्नुपर्छ भनेर हामीले वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितसँग कुराकानी गरेका छौं । प्रस्तुत छ डा. दिक्षितसँग गरिएको कुराकानीको सारसंक्षेप :

कोभिड १९ महामारीको ग्राफ दिन प्रतिदिन बढ्दो छ । जसबाट मुलुक अस्तव्यस्त भइसक्यो । नागरिक विचल्लीमा छन् । यहाँ त वरिष्ष्ठ चिकित्शक के गरिरहनु भएको छ ? 
मै आफ्नो दैनिक पेशा अंगालिरहेको छु । क्लिनिकमा विरामी हेरिरहेको छु । यस्तो बेलामा सरकारले गम्भीर भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ । हामी नागरिकले पनि स्वास्थ्य–सुरक्षाका मापदण्ड पूरा गर्नुपर्छ । त्यसमा नागरिक र सरकार दुवै चुकेजस्तो मलाई लागिरहेको छ ।

यस्तो महामारीबाट बचाउने दायित्वको सर्वप्रथम सरकारको हो । सरकारले अहिले कोभिड १९ महामारीबाट बच्न गरिरहेका काम प्रयाप्त छन् । 
सरकार त कहाँ छ भन्ने कुरा प्रधानमन्त्रीको देशवासीको नाममा गरेको सम्बोधन सुनिहाल्नु भयो । त्यो भाषण मलाइ कस्तो लाग्यो भने अब सबै तिरबाट क्रिटिसिजम आयो, दनादन सबै तिरबाट हस्पिटल पनि हामी लिन्छौँ । सबै कलकारखाना पुल खाली ठाँउ जे–जे छन् सबै हामी लिन्छौँ । यसरी नै हिजो कोभिड १० को व्यवस्थापन गछौँ भन्नुहुन्थ्यो ।

त्यसरी प्रधानमन्त्रीले बोल्ने कुरा होइन क्या ? स्वास्थ्य मन्त्रालयले पूरा होमवर्क गरेर हस्पिटलहरु पूरा लिइदिएपछि त पैसा कस्ले तिर्ने ? जस्तै कुनै प्राईभेट हस्पिटल अहिले टोटल कोरोनाको हस्पिटल बन्यो भने त उनीहरुको आम्दानी त जेरो भयो ।

आखिर उनीहरुले पनि त बैँकको लोन त तिर्नुपर्छ । त्यो कोरोनाको हरेक विरामी आउने पैसा कस्ले तिर्छ । के सरकारले तिर्छ ? यो सबै कुरा विचार गरेर हस्पिटलहरुसंग सहकार्य गरेर भन्नुपर्छ । त्यसैले सरकारले आफ्नो दायित्व पूरा गरेको छैन । सरकारको कमजोरीका कारण समस्या भयाभह बन्दैछ ।

प्रधानमन्त्रीले त जनताको जीवन सबैभन्दा ठुलो कुरा हो ? त्यसैले सबै ठुला हस्पिटलहरुलाई कोभिड अस्पताल बनाउनुपर्छ भन्नुभएको छ, त्यो सम्भव हुन्छ कि हुँदैन, यहाँलाई के लाग्छ ?
भनेर मात्र हुँदैन । भनाई व्यवहारमा कार्यान्वयन हुन्छ कि हुँदैन, त्यो मुख्य कुरा हो । उहाँले भनेको ठीक कुरा हो । एकदम राम्रो हो । तर, कोभिड अस्पताल बनाएपछि त्यो हस्पिटललाई पनि केही दिनुपर्यो नि । त्यहाँ डाक्टरहरु कसरी राख्ने ? उनीहरुले उभ्याएको अस्पतालमा सरकारले भोगचलन गर्ने भयो ।

तिनीहरुलाई व्यवस्थापन कसरी गर्ने त्यहाँ नर्सहरु र डाक्टरहरु कसरी राख्ने, उनीहरुलाई हरेक विरामीको कति पैसा लाग्छ ? त्यसको हामी यसरी दिन्छौँ भनेर पहिले त सुनिश्चितता गरिदिनुपर्छ ।

उनीहरु आँत्तिएर सटडाउन नै गरिदिन्छन नि । सरकारी हस्पिटलले त धान्छ । किनकी सरकारले पैसा दिन्छ । प्राईभेटले कसरी धान्ने भन्या ? तसर्थ पहिला स्टेप बाइ स्टेप के गर्ने भन्ने योजना बनाएमा सफल हुन सकिन्छ । होइन भने बोलेर मात्रै केही हुँदैन ।

सरकारले सबै संयन्त्रहरू परिचालन गर्ने भनेर प्रधानमन्त्रीले बताउनुभएको छ ? सबै सम्यन्त्र परिचालन सम्भव हुन्छ ? 
त्यो त सही हो । तर, अहिले सबैतिर वायुसेवा बन्द गरेर भारतसँगको हवाई सेवा किन खोलेको त ? कोरोना संक्रमित त धेरै अहिले भारतको छ । हप्ताको दुईवटा उडान भारतमा गएपछि सबै कारोना फर्केर आउँछ नि यहाँ, यो कस्तो कुरा हुन्छ ? फेरि यो त नचाहिने कुरा हो । अरु सबै देशहरुले भारतबाट उडान बन्द गरिसक्यो । हामीचाहीँ मजाले खोलेर बस्छौँ । यो कहाँको कुरा हो ?

जनता संकटमा छन, तर दलहरु सत्ताको खेलमा लागेका छन्, देशमा अब सांसद खरिद–बिक्रिको खेल भइरहेको भन्ने कुरा पनि छ ? यसले के असर गर्छ ? 
त्यही त मजस्तो मामुली मान्छेले बुझ्नसक्ने यो वेला देशमा यस्तो आक्रमण हुदाखेरि हामी एकजुट भएनौँ । सबैलाई सत्ता मात्रै चाहिएको छ, यसले समस्या निम्त्याएको छ ।

के अब जनता सडकमा आउनुपर्ने भएकै हो त ?
त्यही त सरकारलाई फाईदा भएको छ । यतिबेला जनता सडकमा आउन भएन नि । जनता काहीँ पनि सडकमा आउनै हँुदैन अहिले । अस्ति नै त्यत्रो भेला गरेर हामीलेनै ठुलो गल्ति ग¥यौँ भनेको माईतीघरमा धेरै जनता भेला गरेर हामीले त कति गल्ति ग¥यौँ भने अब हामी पनि सडकमा उत्रिने त्यो त लकडाउन गर्नुपनि पर्यो । यस्तो संक्रमण भईसक्यो ।

सरकारले कम्तिमा भ्याक्सिन ल्याउने त बन्दोबस्तो गर । आँफै अहिले हेर्नुहोस यो टायममा आएर भ्याक्सिन बन्दै गरिदियो । अहिले भ्याक्सिन बन्द गर्ने होईन त्यो अर्को तरिकाले दिनुपर्यो । जति भ्याक्सिन दियो उत्तिनै हामीलाई फाईदा हुन्छ । अब त घर–घरमा टोल–टोलमा झुण्डका झुण्ड स्वास्थ्यकर्मीहरु र भ्याक्सिन घरघरमा दिनुपर्यो ।

केही सेन्टर बनाउँदाखेरि हजारौँ संख्यामा आउँछन् । त्यस्तो नगरेर घर–घरमा, टोल–टोलमा गएर भ्याक्सिन दिनुपर्यो । यहाँ त भ्याक्सिन नै छैन, चीनबाट भ्याक्सिन ल्याउने भन्छ कहिले आउने हो ? रसियाबाट ल्याउने भन्छन्, अहिलेसम्म आएको छैन । ईन्डियाले दिनसक्दैन । अहिले हेर्नुहोस् लकडाउनमात्रै अचुक उपाय होईन, अहिले मुख्य र दिगो उपाय भनेको त भ्याक्सिन नै छ । अभियान टाइम्सबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here