वरिष्ठ डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा निधन

93

काठमाडौं । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत डाक्टर आचार्यको आइतबार बिहान करिब ४ बजेको समयमा निधन भएको स्टार अस्पतालका डा. विश्व श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । डा. श्रेष्ठका अनुसार तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको डा. श्रेष्ठको धारणा छ । कोभिड १९ संक्रमण भएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो ।

डा. श्रेष्ठका अनुसार डाक्टर आईएल निदान अस्पताल, स्टार हस्पिटल, काठमाडौं हस्पिटल लगायतका अस्पतालमा सक्रिय थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here