काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेनाविरूद्धकाे दाेस्राे खाेप लगाउँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंले आज (आइतवार) देखि काठमाडौंमा कोरोना भाइरस विरुद्धको खोप लगाइँने खोप केन्द्रहरूको सूची सार्वजनिक गरेको हाे ।
कार्यालयका प्रमुख जनस्वाथ्य प्रशासक वद्रिबहादुर खड्काले सार्वजनिक सूचना प्रकाशित गर्दै भेरोसेलको दोस्राे मात्रा खोप लगाउन आउन आह्वान गर्नुभएकाे छ ।
जनस्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी १८–५९ वर्ष उमेरका व्यक्तिलाई बिहान १०–दिउँसो ४ बजेसम्म नजिकको खोप केन्द्रमा पुगेर खाेप लगाउन कार्यालयले अनुराेध गरेकाे छ ।



















