काठमाडौं / दुई बजेतिर बालुवाटारबाट सिंहदरबारतिर जाँदै गरेका प्रधानमन्त्री केपी ओलीको पछाडि हिँड्ने दुई वटा गाडी एक आपसमा ठोक्किएको छ । महानगरीय ट्राफिक प्रहरीका एकजना प्रहरीका अनुसार गाडी ठोक्किए पनि ठूलो मानवीय क्षति नभएको जनाएको छ ।
पुतलीसडकस्थित पद्मोदय मोडमा ओलीको गाडीको पछाडि पछाडि आएका दुई वटा गाडी बुधबार दिउँसो करीव दुई बजेतिर ठोक्किएका हुन् ।
‘प्रधानमन्त्रीज्यूको गाडी साइरन बजाउँदै आयो’, डिउटीमा रहेका एकजना प्रत्यक्षदर्शी प्रहरी जवानले भने, ‘अगाडि जाम थियो । सुरक्षाकर्मीको स्कर्टिङको गाडी रोकियो प्रधानमन्त्रीज्यूको गाडी पनि रोकियो । पछाडिबाट छैटौँ र सातौँ नम्बरमा रहेका दुई वटा गाडी ड्याम्म ठोक्कियो । हामी त के भयो भनेर दौडदैँ थियौँ । गाडी नरोकिएर गैहाल्यो ।’

















