यसरी पठाउन सकिन्छ एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स

132

काठमाडौं । एन आई सी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आई सर्भिस मार्फत अघि बढाएको जनाएको छ ।

बैंकले सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप एनआईसी एशिया मोबैंक मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको हो । यो सेवा अन्तर्गत अब ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्ने भएका छन् ।

ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको एनआईसी एशिया मोबैंक भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिन्छ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

यस कोरोना भाइरसको महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधाले ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here