नेवि संघद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध

70

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ। कोरोना महामारीको कहरले नागरिक आक्रान्त भइरहेको समयमा मूल्यवद्धिले झनै असर गर्ने भन्दै नेवि संघले यसको विरोध गरेको हो।

‘रोजगार, आय–आम्दानी र अवसर गुमेको स्थितिले आफू र आफ्नालाई बचाउने कसरी भन्ने संकटपूर्ण अवस्थामा पनि अनेक बाहानामा सरकार जनताको ढाड सेक्न तल्लीन छ,’ नेवि संघको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा सरकार भ्रष्टाचारमा लिप्तभएको आरोप समेत लगाइएको छ। जनतालाई राहत र सहुलियतको जरुरी रहेको समयमा अन्य विकल्पतर्फ ध्यान नदिई नेपाल आयल निगमले जनताको ढाड सेक्ने काम गरेको आरोप संघको छ।

निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल÷मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।

अब पेट्रोल १ सय २३,  डिजेल÷मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्नेछ। संकटको समयमा निगमले गरेको मूल्यबृद्धि तत्काल फिर्ता गर्नसमेत संघले माग गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here