आशिका तामाङ हिरासत मुक्त

84

काठमाडौं । अभियन्ता आशिका तामाङ २४ दिन हिरासत बसेर छुटेकी छिन्। काठमाडौं  र भक्तपुर प्रहरीमा गरी उनी २४ दिन हिरासतमा बसेकी हुन्।

शुक्रबार जिल्ला अदालत भक्तपुरले तामाङलाई २० हजार धरौटी छाड्न आदेश दिएसँगै धरौटीमा बुझाएर तामाङ छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

तामाङमाथि आपराधिक उपद्रव गर्न नहुने कसुरमा भक्तपुरमा मुद्दा चलाइएको थियो। उनले काठमाडौँ-भक्तपुर सीमानाको साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग २० रुपैयाँ कर सङ्कलन गर्ने कार्यको विरोध गरेकी थिइन्।

कर सङ्कलन गर्ने रसिद्समेत तामाङले कर्मचारीबाट खोसेर जलाइदिएकी थिइन्। त्यसविरुद्ध सूर्यविनायक नगरपालिकाले तामाङविरुद्ध उजुरी दर्ता गराएको थियो।

उक्त उजुरीका आधारमा प्रहरीले उनलाई उपद्रव गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा अदालतले उनलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि तामाङ माघ २ गते काठमाडौँ प्रहरी परिसरमा परेको उजुरीका आधारमा स्वयम्भू क्षेत्रबाट पक्राउ परेकी थिइन्।

पुस २४ गते पशुपति विकास कोषमा गएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उक्त मुद्दामा तामाङले माघ १४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १० हजार रुपैयाँ बुझाएर छुटे लगत्तै भक्तपुर प्रहरी परिसरले पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here